संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकाका सबै वडामा आँखा उपचार शिविर सञ्चालन हुने भएको छ।

च्यारिटी हेल्थ फाउण्डेशनको सहयोगमा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (PESWAN) र धनगढी नेत्रालय प्रा.लि.को संयुक्त आयोजनामा शिविर सञ्चालन गर्न लागिएको हो। मिति २०८२ साल कार्तिक १७ गते भएको सम्झौताअनुसार शिविर कार्तिक १८ गते मंगलबारदेखि २७ गते बिहिबारसम्म सञ्चालन हुने जनाइएको छ।

नगरपालिकाको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रममा दोधारा चाँदनीका बासिन्दाले आफ्नै वडामा पुगेर आँखा परीक्षण, मोतिबिन्दु रोगको पहिचान तथा आवश्यक परामर्शका सेवा निःशुल्क रुपमा पाउनेछन्।

आयोजकका अनुसार शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। प्रत्येक वडामा वडा कार्यालय परिसरमा उपचार सुविधा उपलब्ध हुनेछ।

शिविर तालिका अनुसार कार्तिक १८ गते वडा नं. ७, १९ गते वडा नं. ९, २० गते वडा नं. १०, २१ गते वडा नं. ८, २२ गते वडा नं. १, २३ गते वडा नं. २, २४ गते २५ गते वडा नं. ३, २६ गते वडा नं. ४, २६ गते वडा नं. ४ र अन्तिम दिन कार्तिक २७ गते वडा नं. ५ मा आँखा उपचार शिविर सञ्चालन गरिनेछ।

नगरपालिकाले सम्पूर्ण नगरवासीलाई तोकिएको मिति र स्थानअनुसार उपस्थित भई स्वास्थ्य लाभ लिन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech