संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी ।
दोधारा चाँदनी नगरपालिका–८ अन्तर्गत ग्रामीण विकास तथा युवा सशक्तिकरण केन्द्रद्वारा आयोजित टी–१० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा लक्ष्मी इलेक्ट्रिकल्स एन्ड सप्लायर्स टिमले विजयी सुरुवात गरेको छ।

शनिबार सम्पन्न उद्घाटन खेलमा लक्ष्मी इलेक्ट्रिकल्स एन्ड सप्लायर्सले भिमदत्त नगरपालिका–१३ लाई ४८ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको लक्ष्मी इलेक्ट्रिकल्स एन्ड सप्लायर्सले निर्धारित १० ओभरमा १२५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको भिमदत्त–१३ ले ७४ रनमै सबै विकेट गुमाउँदै पराजय ब्यहोर्नु परेको हो।

प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य बेलबहादुर राना मगरले ब्याटिङ र युवा नेता सन्दीप काजी बस्नेतले बलिङ गरेर गरेका थिए।
उद्घाटन समारोहका बारेमा जानकारी दिँदै युवा सशक्तिकरण केन्द्रका अध्यक्ष हरिशंकर रोकायाले खेलमार्फत युवामा खेलप्रतिको रुचि, अनुशासन र एकताको भावना जागृत हुने बताए।

राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल” भन्ने नारासहित सुरु गरिएको प्रतियोगितामा विभिन्न वडाका टिमहरूबीच प्रतिस्पर्धा हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech