संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर
भीमदत्त नगरपालिका–५ र ६ क्षेत्रमा मापदण्डविपरित सञ्चालन भइरहेका मसाज सेन्टर र डान्स बार नियमन गर्न विद्यार्थी संगठनहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

६ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै ती क्षेत्रका मसाज सेन्टर र डान्स बार कानूनी मापदण्डअनुसार सञ्चालन नभएको र सामाजिक नैतिकता तथा विद्यार्थीको वातावरणमा नकारात्मक असर पारिरहेको भन्दै तत्काल नियमनको माग गरेका हुन्।

स्थानीयवासीले यस्ता व्यवसायविरुद्ध लामो समयदेखि विरोध जनाउँदै आएका थिए। त्यसकै आधारमा वडा कार्यालयले ३५ दिनभित्र बन्द गर्न सूचना जारी गरेको थियो। तर, सूचना म्याद सकिँदा पनि डान्स बार र मसाज सेन्टर सञ्चालन भइरहेपछि विद्यार्थी संगठनहरू पुनः सक्रिय भएका हुन्।

यसैबीच, भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित श्री शान्ति निकेतन माध्यमिक विद्यालय ले पनि मसाज सेन्टरका कारण विद्यार्थीको मानसिकता र विद्यालय वातावरणमा नकारात्मक प्रभाव परेको भन्दै ती व्यवसाय बन्द गर्न सिफारिस गरेको थियो।

पत्रमा विद्यालय नजिकका मसाज सेन्टरहरूले पठनपाठनमा असर पारिरहेको उल्लेख गर्दै ती सेन्टरहरू बन्द गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरलाई अनुरोध गरिएको छ।

विद्यार्थी संगठनहरूले भने यदि सम्बन्धित निकायले छिट्टै कडाइका साथ नियमन नगरे संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

६ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै ती क्षेत्रका मसाज सेन्टर र डान्स बार कानूनी मापदण्डअनुसार सञ्चालन नभएको उल्लेख गर्दै तत्काल नियमनको माग गरेका छन्।

स्थानीयवासीले ती व्यवसायविरुद्ध व्यापक विरोध जनाएपछि वडा कार्यालयले यसअघि ३५ दिनभित्र बन्द गर्न सूचना जारी गरेको थियो। तर, म्याद सकिँदा पनि डान्स बार र मसाज सेन्टर सञ्चालन भइरहेपछि विद्यार्थी संगठनहरू पुनः सक्रिय बनेका हुन्।

विज्ञप्तिमा मापदण्ड विपरित सञ्चालन भएका व्यवसाय नियमन नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech