संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी । दोधारा चाँदनी नगरखेलकुत समितिद्वारा आयोजित “९–ए साइड खुल्ला फुटबल कप २०८२” प्रतियोगिता सोमबार सम्पन्न भएको छ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ दोधारा चाँदनी नगर खेलकुद समितिद्वारा आयोजित नगर स्तरीय पुरुष फुटबल प्रतियोगिता (९–ए साइड खुला फुटबल कप–२०८२) सोमबार सम्पन्न भएको छ।

दीपावली र छठ पर्वको उल्लासमय अवसरमा आयोजना गरिएको उक्त प्रतियोगिता दोधारा चाँदनी नगरपालिका–७ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न भएको हो।
प्रतियोगितामा नगरभित्रका १२ टिमले सहभागिता जनाएका थिए।

अन्तिम खेलमा वडा नं. ८ र वडा नं. ९ बीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा वडा नं. ८ ले ४ गोल गर्दै विजयी बन्न सफल भयो।

विजेता बनेको वडा नं. ८ टिमले नगद रु. ५५ हजार १००, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं. ९ ले नगद रु. २५ हजार १००, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको दोधारा चाँदनी नगर खेलकुद समितिका उपाध्यक्ष चमन खड्काले जानकारी दिए।

कार्यक्रममा नगर प्रमुख किशोर कुमार लिम्बु, वडा नं. ८ र ९ का अध्यक्ष , नगर खेलकुद विकास समितिका पदाधिकारी, तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

नगर प्रमुख लिम्बुले कार्यक्रममा बोल्दै खेलकुदले युवामा अनुशासन, आत्मविश्वास र एकताको भावना जगाउने भन्दै यस किसिमका प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech