संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी, कञ्चनपुर ।
नेपाल तरुण दलको ७३औं स्थापना दिवस कञ्चनपुरमा रक्तदान तथा फलफूल वितरण कार्यक्रम आयोजना गरी उत्साहका साथ मनाइएको छ। कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको कार्यालय परिसरमा जिल्ला सभापति महेश चन्दको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका जिल्ला सदस्य ज्ञानेन्द्र बहादुर सिंह रहेका थिए। त्यस्तै, विशिष्ट अतिथि नेपाली कांग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिंह, सचिव भीमराज भट्ट  जिल्ला महाधिवेशन प्रतिनिधि तथा भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापा लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

सभापति चन्दले कार्यक्रममा तरुण दल अनुशासित र विचारयुक्त संगठनका रूपमा स्थापित हुनुपर्नेमा जोड दिँदै समाजका विकृति–विसङ्गतिविरुद्ध आवाज उठाउने अभियानलाई निरन्तरता दिनुपर्ने बताएका थिए। उनका अनुसार, “तरुण दल अनुशासनमा रहेर समाजमा प्रेरणादायी भूमिका निर्वाह गर्न सक्षम हुनुपर्छ।”

कार्यक्रममा प्रदेश, जिल्ला र स्थानीय तहका पदाधिकारी तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा संगठन सुदृढीकरण, युवालाई राष्ट्रिय राजनीतिमा सक्रिय बनाउने र संगठनात्मक एकता कायम राख्ने विषयमा विशेष छलफल गरिएको थियो।

रक्तदान कार्यक्रमपछि नेपाल तरुण दलका कार्यकर्ताहरूले महिला तथा वृद्ध सेवा केन्द्र वृद्धाश्रममा पुगेर फलफूल वितरण गरेका थिए। कार्यक्रममा दीपक चन्द, उपेन्द्र पाण्डे, अजय बड्का, रमेश महरा, लोकेन्द्र बुढा, सुरेन्द्र थापा, सन्तोष चन्दलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech