संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी । दिपावलीको उल्लासमय अवसरमा दोधारा चाँदनी नगरपालिकामा “७–ए साइड खुल्ला फुटबल कप २०८२” प्रतियोगिताको मंगलबार भव्य उद्घाटन गरिएको छ।

प्रतिभा युवा क्लबको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बूले गरेका हुन्।

आयोजक क्लबका अध्यक्ष सन्दीप काजी बस्नेतका अनुसार प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ। खेल दोधारा चाँदनी नगरपालिका–९ स्थित अम्बिका माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको छ।

उद्घाटन खेल केबिन कम्युनिकेशन र साह अटो सर्भिसबीच भएको थियो।

प्रतियोगितामा विजेता टिमले नगद रु. ५१ हजार १११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. २५ हजार ५५५ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन्।

असोज २८ गते मंगलबारदेखि सुरु भएको प्रतियोगिता मंसिर ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech