संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर, भदौ २७ – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राख्दै सदरमुकाम महेन्द्रनगरसहित विभिन्न क्षेत्रमा कर्फ्यू र निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले शुक्रबार जारी गरेको आदेशअनुसार साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश लागू हुनेछ भने बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा रहनेछ। तर, अत्यावश्यक कामका लागि बिहान ७ देखि १० बजेसम्मबेलुकी ५ देखि ७ बजेसम्म आवतजावत गर्न पाइने व्यवस्था गरिएको छ।

निषेधाज्ञा र कर्फ्यू महेन्द्रनगर बजार तथा वरपर ३ किलोमिटर क्षेत्र, पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ ३ किलोमिटर क्षेत्र र बेलौरी, पुनर्वास, दोधारा चाँदनी, बेलडाँडी र लालझाडीका पालिका केन्द्र भित्रका बजार क्षेत्रमा लागू हुनेछ।

कर्फ्यू र निषेधाज्ञाको अवधिमा एम्बुलेन्स, दमकल, शववाहन, फोहोर बोकेका गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानव अधिकारकर्मी, कुटनीतिक नियोग, पर्यटकका साधन, नेपाल विद्युत प्राधिकरण, खानेपानी, दूध बोकेका सवारी तथा हवाई टिकट देखाउने यात्रुको आवतजावत सहज पारिने जनाइएको छ।

जिल्ला प्रशासनले निषेधाज्ञा अवधिमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस, घेराउ, प्रदर्शन, धर्ना वा बैठक गर्न प्रतिबन्ध लगाएको छ। आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech