संवेग न्यूज
ट्रेण्डिङ

बुटवल, साउन १२ – नारायणी अस्पतालमा भएको तोडफोड तथा स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघ (एनएमए) लुम्बिनी शाखा, बुटवलले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।
संघले जारी गरेको विज्ञप्तिअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न सम्पूर्ण चिकित्सकलाई एकताबद्ध हुन आह्वान गरिएको छ । स्वास्थ्यकर्मीमाथिको हिंसा अस्वीकार्य रहेको उल्लेख गर्दै दोषीमाथि कडा कानुनी कारबाही, स्वास्थ्य संस्थामा पर्याप्त सुरक्षा व्यवस्था र सुरक्षित कार्यस्थल सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ ।
यसैबीच, एनएमए लुम्बिनी शाखाको आकस्मिक कार्यसमिति बैठकले साउन १२ गते बिहान ९:१५ बजे लुम्बिनी प्रादेशिक अस्पताल (एलजेडएच) को पार्किङ क्षेत्रमा सबै चिकित्सकलाई भेला हुन आग्रह गरेको छ। त्यसपछि दिउँसो १२ बजे प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयमा संयुक्त रूपमा पुगेर विरोध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।
आन्दोलनलाई प्रभावकारी बनाउन चिकित्सक संघले र्‍यापिड रेस्पोन्स टिम, निजी मेडिकल कलेज, निजी अस्पताल/क्लिनिक, सरकारी अस्पताल तथा अनुगमन–समन्वय समिति गठन गरेको जनाएको छ । आन्दोलनमा सक्रिय सहभागिता जनाउन सबै चिकित्सकलाई अनुरोध गर्दै सामूहिक आन्दोलनमा सहभागी नहुनेलाई ऐक्यबद्धतामा नरहेको रूपमा लिइने चेतावनीसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले स्वास्थ्य सेवा निरन्तरता र स्वास्थ्यकर्मीको सुरक्षा दुवैलाई समान रूपमा सुनिश्चित गर्न सम्बन्धित निकायसँग तत्काल आवश्यक कदम चाल्न माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech