संवेग न्यूज
ट्रेण्डिङ

कोहलपुर, बाँके । कोहलपुर नगरपालिकाले २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव-२०८३ को अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै कृषि क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकाय, जनप्रतिनिधि, कर्मचारी तथा सञ्चारकर्मीलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतद्वारा जारी सुचनाअनुसार “धान बालीको प्रवर्द्धन, खाद्य आत्मनिर्भरता र समृद्धि” भन्ने मुल नारासहित राष्ट्रिय धान दिवस मनाउन लागिएको हो ।

कार्यक्रम असार १५ गते बिहान ६ बजे कोहलपुर नगरपालिका वडा नं. १५ मा सञ्चालन गरिने जनाइएको छ । कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, कृषि तथा सहकारी क्षेत्रका प्रतिनिधि, विभिन्न संघसंस्था तथा सञ्चारकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । नगरपालिकाले कार्यक्रमलाई सफल बनाउन वडा नं. १५ को वडा कार्यालय, महिला तथा पुरुष कृषक समूह लगायत सम्बन्धित पक्षलाई आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिएको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा हुने रोपाइँ महोत्सवले कृषि उत्पादन वृद्धि, धान खेतीप्रति आकर्षण बढाउने तथा कृषकहरूको योगदानको सम्मान गर्ने उद्देश्य राखेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech