संवेग न्यूज
ट्रेण्डिङ

भक्तपुर, असार ९ – भक्तपुर नगरपालिका-१ नगरकोटमोडमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार महोत्तरीको मिथिला नगरपालिका-९ घर भई हाल भक्तपुर नगरपालिका-१ नगरकोटमोड बस्दै आएका २८ वर्षीय आकाश रसाईलीमाथि धारिलो हतियार (चक्कु) प्रहार गरिएको थियो । घटनामा गम्भीर घाइते भएका रसाईलीलाई उपचारका लागि केएमसी अस्पताल, सिनामंगल लगिएको थियो । उपचारकै क्रममा मंगलबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा पक्राउ पर्नेहरूमा भक्तपुर सल्लाघारी बस्दै आएका उदयपुर घरका ३१ वर्षीय आयष कार्की, झापा घरका २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी घरका ३५ वर्षीय रमेश कुवँर रहेका छन ।

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग दुधपाटीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

घटनाको कारण र अन्य विवरण खुल्न बाँकी रहेको भन्दै प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech