संवेग न्यूज
ट्रेण्डिङ

२८ मंशिर, कोहलपुर। कोहलपुरमा सञ्चालन हुन गइरहेको महोत्सवलाई थप व्यवस्थित, आकर्षक र सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले बताएका छन्।
अध्यक्ष भट्टराईले महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न स्थानीय सरकार, सुरक्षा निकाय, व्यवसायी, सञ्चारकर्मी तथा आम नागरिकसहित सबै सरोकारवाला निकायको सक्रिय साथ र सहयोग अपरिहार्य रहेको उल्लेख गरे।
उनले महोत्सवले कोहलपुरको आर्थिक गतिविधि चलायमान बनाउने, स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने तथा पर्यटन विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

महोत्सवलाई अनुशासित, सुरक्षित र दर्शकमैत्री बनाउन संघले आवश्यक सबै तयारीलाई तीव्रता दिएको पनि उनले जानकारी दिए।
यसै क्रममा उद्योग वाणिज्य संघका पदाधिकारीहरूले महोत्सव सफल बनाउन विभिन्न सरोकारवाला निकायहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको बताए। उनीहरूले सुझाव र सहयोगका लागि सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै सकारात्मक प्रचार–प्रसारमार्फत महोत्सवलाई सफल बनाउन आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech