संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी, कञ्चनपुर। दोधारा चाँदनी नगरपालिकाले करार सेवातर्फ कार्यालय सहयोगीका रूपमा करिब १५ वर्ष सेवा गरेका जहरे रावतलाई सेवा निवृत्तिको अवसरमा प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेको छ।

शुक्रबार नगरपालिकाको कार्यालय परिसरमा आयोजित सम्मान कार्यक्रममा नगर प्रमुख किशोर कुमार लिम्बु, नगर उपप्रमुख गंगा देवी जोशी, प्रमुख प्रशासकीय अधिकृत हरिश चन्द्र जोशीलगायत जनप्रतिनिधि, कर्मचारी तथा शुभेच्छुकहरूको उपस्थितिमा रावतलाई खादा ओढाएर प्रशंसापत्र प्रदान गरिएको हो।

रावतले वि.सं. २०६८ साल मंसिर १ गतेदेखि २०८३ साल जेठ २ गतेसम्म दोधारा चाँदनी नगरपालिकामा करार सेवातर्फ कार्यालय सहयोगी पदमा रही इमानदार, कर्तव्यनिष्ठ तथा समर्पित भावनाका साथ सेवा प्रदान गरेका थिए। नगरपालिकाको कार्यसम्पादन र सेवा प्रवाहमा उनले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको नगरपालिकाले जनाएको छ।

प्रशंसापत्रमा रावतको सेवाभाव, अनुशासन, मेहनत तथा जिम्मेवारीप्रतिको निष्ठा सदैव स्मरणीय रहने उल्लेख गर्दै सेवा निवृत्तिपछिको जीवन सुख, सुस्वास्थ्य, समृद्धि, दीर्घायु तथा पारिवारिक सुख–शान्तिले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

सम्मान कार्यक्रममा सहभागीहरूले जहरे रावतले लामो समयसम्म नगरपालिकामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी जीवन सफल र सुखद रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech