संवेग न्यूज
ट्रेण्डिङ

काठमाडौं, साउन १२ – त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र वाट्सएप समुहमार्फत सार्वजनिक गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शिक्षा ऐन, २०२८ अन्तर्गत कसुरमा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेहरूमा रौतहट राजदेवी नगरपालिका-४ निवासी २५ वर्षीय अतुल कुमार मिश्र र पर्सा वीरगञ्ज महानगरपालिका-२१ बस्ने बारा घर भएका ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाडौंको टोलीले अतुललाई आइतबार काठमाडौं महानगरपालिका-१३ ताहाचलबाट पक्राउ गरेको हो भने अब्दुललाई सोमबार पर्साको वीरगञ्ज महानगरपालिका-८ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले गत साउन ८ गते सञ्चालन भएको त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको MGT 515: Organizational Behaviour विषयको प्रश्नपत्र विभिन्न वाट्सएप समुहमा साझा गरेको खुलेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech