कोहलपुर फागुन १२ – ब्रिज इन्टरनेशनल स्कुलले आफ्नो वार्षिक उत्सवको पूर्वसन्ध्यामा पाँचाै फाउन्डर कप तथा स्पोर्ट्स मिट २०८२ भव्यरूपमा संचालन गरेको छ । स्कुलका चार हाउसका विद्यार्थीहरूले उत्साहपूर्वक खेलकुद र सांस्कृतिक कार्यक्रममा प्रतिस्पर्धा गर्दै आफ्नो प्रतिभा प्रस्तुत गर्ने भएका छन ।

मावि स्तरका विद्यार्थीहरूले फुटबल, भलिबल र फुटसल खेलमा जोशिलो प्रदर्शन गरे भने भाेली हुने प्राइमरी स्तरका विद्यार्थीहरूले टक शो, म्युजिकल कार्यक्रम र सांस्कृतिक प्रस्तुतिहरू रहेकाे जानकारी प्राधानाध्यापकले बताए । कार्यक्रममा विद्यार्थीहरूको अनुशासन, टीमवर्क र उत्साह स्पष्ट देखिएको थियो ।

स्कुल सञ्चालकले जानकारी दिँदै भने कि विद्यार्थीहरूको समग्र विकास र सिर्जनशीलताका लागि प्रत्येक शुक्रबार ‘बुकलेस डे’ आयोजना गरिएकाे छ । उक्त दिन विद्यार्थीहरूले कक्षाकोठा बाहिर रहेर बिभिन्न गतिविधिमा भाग लिन्छन्, साथै विभिन्न धार्मिक स्थल र पर्यटकीय क्षेत्रहरूको भ्रमण पनि गराउने गरीन्छ ।

सञ्चालकले थप बताए, “वार्षिक उत्सव फागुन १६ गते भब्यरूपमा मनाइनेछ। यस किसिमका कार्यक्रमले विद्यार्थीमा शैक्षिक, खेलकुद र सांस्कृतिक सीपको विकासमा ठूलो योगदान पुर्याउँछ। ”
ब्रिज इन्टरनेशनल स्कुलले खेलकुद, कला र शिक्षा सँगसँगै समेटेर विद्यार्थीहरूको समग्र प्रतिभा विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । यस किसिमका पहलहरूले विद्यार्थीहरूलाई सिर्जनशील, जिम्मेवार र आत्मविश्वासी बनाउने विश्वास गरिएको छ ।

