संवेग न्यूज
ट्रेण्डिङ

साउन १४ काेहलपुर, बाँके । राजसंस्था पुनर्स्थापनाको माग गर्दै कोहलपुरको न्युरोड क्षेत्रमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको छ । शाही युवा शक्ति नेपालको आयोजनामा सुरु गरिएको उक्त अभियानमा स्थानीय नागरिकहरूको सहभागिता बढ्दै गएको आयोजकले जनाएको छ ।

राप्रपाका युवा नेता तथा सन २०२१ देखि शाही युवा शक्ति नेपालको अभियानमा सक्रिय रहेका कोहलपुरका अर्जुन जंग शाहको नेतृत्वमा हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन भइरहेको हो । अभियानमार्फत राजसंस्था पुनर्स्थापनाका पक्षमा जनमत संकलन गर्ने उद्देश्य रहेको आयोजकको भनाइ छ ।

अभियानस्थलमा राखिएको ब्यानरमा “राजाको पक्षमा जनताको हस्ताक्षर अभियान-२०८३ मा सहभागी बनौँ” भन्ने आह्वान गरिएको छ । साथै “राष्ट्रपति होइन राजा चाहिन्छ” भन्ने नारासहित नागरिकहरूलाई हस्ताक्षर गर्न अनुरोध गरिएको देखिन्छ । ब्यानरमा पुर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर समेत राखिएको छ ।

आयोजक अर्जुन जंग शाहले देशमा बढ्दो राजनीतिक अस्थिरता, भ्रष्टाचार र जनतामा बढ्दो निराशाका कारण राजसंस्थाको आवश्यकता महसुस गरिएको दाबी गर्दै हस्ताक्षर अभियान सञ्चालन गरिएको बताए । उनले अभियानबाट संकलित हस्ताक्षर सम्बन्धित निकायमा बुझाइने जानकारी दिए ।

कोहलपुरको व्यस्त बजार क्षेत्र न्युरोडमा सञ्चालन भइरहेको अभियानप्रति केही नागरिकले समर्थन जनाउँदै हस्ताक्षर गरेका छन भने केहीले फरक राजनीतिक धारणा पनि व्यक्त गरेका छन ।

शाही युवा शक्ति नेपालले आगामी दिनमा बाँकेका अन्य स्थानमा समेत यस्तै जनमत संकलन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech