कोहलपुरमा दुई फरक समितिसँग सम्बन्धित सवारी साधन आपसमा ठोक्किएपछि अवस्था तनावग्रस्त बनेको छ । दुर्घटनापछि नमस्ते यातायातका कर्मचारीले म्याजिक भ्यानका चालकलाई कुटपिट गरेको आरोप लागेको छ ।
घटनापछि आक्रोशित चालक तथा यातायात व्यवसायीहरूले कोहलपुर इलाका प्रहरी कार्यालय अगाडि सवारी साधन रोकेर विरोध प्रदर्शन गरेका थिए । सोही क्रममा रातो प्लेट प्रयोग गरिएको एउटा इभि सार्वजनिक सवारी साधन भाग्न खोज्दा झडपको अवस्था सिर्जना भएको हो ।
सबै घटना ट्राफिक प्रहरीकै अगाडि घट्दा समेत रातो प्लेट भएको सवारीलाई सार्वजनिक यातायातका रूपमा प्रयोग गरिएको विषयले गम्भीर प्रश्न उठाएको छ । ट्राफिक प्रहरीको उपस्थितिमा समेत नियमविपरीत सवारी सञ्चालन हुनु र नियन्त्रण नहुनु प्रति स्थानीयवासीले असन्तुष्टि जनाएका छन् ।
