संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर, श्रावण ११ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का गोपाल पैतोला मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका बेला शुदुरपश्चिमेली नेपाली समाज युएईले आर्थिक सहयोग उपलब्ध गराएको छ।

असार ८ गते महेन्द्रनगर जाँदै गर्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा टाउकोमा गम्भीर चोट लागेका पैतोला अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचाररत छन्।

समाजका अध्यक्ष प्रकाश बडूका अनुसार युएईमा रहेका समाजका सदस्य तथा नेपाली समुदायबाट संकलन गरिएको ३० हजार रुपैयाँ सहयोगस्वरूप पठाइएको हो। संकलित रकम नेपालमा रहेका समाजका केन्द्रीय सदस्य सन्दीप काजी बस्नेतलाई जिम्मा दिइएको थियो।

बस्नेतको नेतृत्वमा गएको टोलीले आइतबार पैतोला परिवारको घरमै पुगेर घाइतेको आमालाई उक्त रकम हस्तान्तरण गरेको हो।

सन्दीप काजी बस्नेत नेपाल तरुण दल दोधारा चाँदनी नगर कार्य समितिका सभापति समेत हुन्। उनले यस्तो कठिन घडीमा समाजका पीडितलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech