संवेग न्यूज
ट्रेण्डिङ

— बाढी प्रभावित बस्तीका प्रतिनिधि, सुरक्षाकर्मी र समुदायस्तरका उद्धार टोलीको सहभागिता

कञ्चनपुर, दोधारा चाँदनी — जलवायु उत्थानशील समुदाय निर्माण गर्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिकामा ‘आधारभूत खोज तथा उद्धार तालिम (Light Search and Rescue Training)’ सम्पन्न भएको छ। २०८२ साल बैशाख २५ गतेदेखि जेठ १ गतेसम्म सम्पन्न उक्त तालिम दोधारा चाँदनी नगरपालिकाको समन्वयमा नेपाल नेशनल सोसल वेलफेयर एशोसिएसन (NNSWA), क्लाइमेट रेजिलिएन्स अलायन्स र मर्सी कोर्प्सको सहयोगमा आयोजना गरिएको हो।

तालिममा नगरपालिकाका बाढीग्रस्त क्षेत्रहरू — कुतियाकवर, शान्ती टोल र पटरा खल्ला — का सामुदायिक विपद् व्यवस्थापन समिति, खोज तथा उद्धार टोली, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नगर प्रहरीको उल्लेखनीय सहभागिता रहेको थियो।

तालिममा बाढी, डुवान, भूकम्प, आगलागी र सर्पदंश जस्ता विपद्का सम्भावित घटनाबारे सैद्धान्तिक ज्ञान प्रदान गर्नुका साथै, कृत्रिम घटना अभ्यास (Mock Drill) मार्फत व्यवहारिक सीपसमेत सिकाइयो। पाँच दिनको अवधिमा सहभागीहरूले विपद् चक्रका सबै पक्षहरू — पूर्वसूचना, उद्धार, राहत, पुनर्स्थापना — मा आधारित प्रशिक्षण लिएका थिए।

कार्यक्रमको समापनमा बोल्दै दोधारा चाँदनी नगरपालिकाकी उप–प्रमुख गंगा देवी जोशीले सहभागीहरूप्रति धन्यवाद दिँदै भनिन्,

“दोधारा चाँदनीका बाढीग्रस्त क्षेत्रमा यो टोली अझै सक्रिय र परिणाममुखी रूपमा काम गर्नुपर्छ। समुदायकै सुरक्षा समुदायकै हातमा हुन्छ भन्ने भावना बलियो बनाउनु आजको आवश्यकता हो।”

तालिममा ३० जनाभन्दा बढी सहभागी थिए, जसमा महिलाहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
“पहिलो पटक यति व्यवहारिक तालिम पाउँदा आत्मविश्वास बढेको छ,” तालिममा ३० जनाभन्दा बढी सहभागी थिए, जसमा महिलाहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
“पहिलो पटक यति व्यवहारिक तालिम पाउँदा आत्मविश्वास बढेको छ,” कुतियाकवरका एक सहभागीले भने। कुतियाकवरका एक सहभागीले भने।

नगरपालिकाले अब स्थायी रूपमा स्थानीय खोज तथा उद्धार टोली परिचालन गर्ने तयारी गरेको छ। तालिम पश्चात सम्बन्धित टोलीलाई आवश्यक उपकरण, तालिमको निरन्तरता र संजाल विस्तार गर्ने योजना बनाइएको बताइएको छ।

तालिममा NNSWA ले प्रशिक्षण व्यवस्थापन तथा प्राविधिक सहयोग प्रदान गर्दा, Mercy CorpsClimate Resilience Alliance ले सैद्धान्तिक तथा सामग्रीगत सहकार्य पुर्याएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech