काेहलपुर । सुनसरीको बराहक्षेत्र नगरपालिका–१, कोशीपुर क्षेत्रमा प्रहरीको नियमित चेकजाँचका क्रममा स्रोत नखुलेको ठूलो रकमसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरू धनकुटा शहिदभूमी गाउँपालिका–२ का २० वर्षीय अपित राई र ३१ वर्षीय कबिराज राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
बुधबार साँझ धरानबाट चतरा तर्फ जाँदै गरेको प्रदेश–०२–०१६ प ५७३३ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट चतरापुलबाट खटिएको टोलीले रोकेर जाँच गर्दा उनीहरूको साथबाट १५ लाख ३४ हजार रुपैयाँ नगद फेला परेको हो।
रकमको वैध स्रोत खुलाउन नसकेपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ। बरामद नगद के प्रयोजनका लागि बोकिने गरिएको थियो भन्ने विषयमा प्रहरीले विभिन्न कोणबाट छानबिन गरिरहेको छ।
