महेन्द्रनगर, कञ्चनपुर, मिति २०८२ कार्तिक २१ गते (शुक्रबार) “शान्ति पुनर्स्थापना गृहको आह्वान, मानव बेचबिखन विरुद्धको अभियान” भन्ने मूल नाराका साथ शान्ति पुनर्स्थापना गृह (PRC) शाखा कार्यालय महेन्द्रनगरद्वारा आयोजित आर्थिक वर्ष २०८१/०८२ को वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम महेन्द्रनगरस्थित होटल चेतनमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि जी.स.स.का प्रमुख दुर्गा दत्त बोहरा रहनुभएको थियो । उहाले ब्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा अतिथिहरूमा बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र राना, भीमदत्त नगरपालिकाकी उपमेयर निलम लेखक, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडक बहादुर खत्री, र सशस्त्र प्रहरी बलका डीएसपी लोकेन्द्र देव भट्टको उपस्थिति रहेको थियो। संस्थाकी अध्यक्ष शान्ता सापकोटाले संस्थाको स्थापना, उद्देश्य र उपलब्धिबारे जानकारी दिँदै भन्नुभयो, “संस्था सन् १९९४ (वि.सं. २०५०) मा स्थापना भएको हो र मानव अधिकार, लैङ्गिक समानता, हिंसामुक्त समाज निर्माण र महिला सशक्तिकरणमा निरन्तर क्रियाशील रहँदै आएको छ।” उहाँका अनुसार शान्ति पुनर्स्थापना गृहले नेपालका सातै प्रदेशमा शाखा कार्यालय स्थापना गरिसकेको छ र कञ्चनपुर जिल्लामा पनि गड्डाचौकी, ब्रम्हदेव, दोधारा–चाँदनी, बैलौरी र बेलडाँडी क्षेत्रमा परामर्श सेवा र उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। वार्षिक प्रतिवेदनअनुसार पछिल्लो आर्थिक वर्षमा ४,२५५ जना लाभग्राहीले परामर्श सेवा पाएका छन् भने २४६ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ। त्यसमध्ये २३६ जना सीमा क्षेत्रबाट र ४ जना भारतबाट उद्धार गरिएको उल्लेख छ। कार्यक्रममा वक्ताहरूले मानव बेचबिखन, लैङ्गिक हिंसा र महिला हिंसाका घटनामाथि गम्भीर ध्यानाकर्षण गराउँदै सामाजिक सचेतना र सहकार्यकै माध्यमबाट मात्र यस्तो अपराध नियन्त्रण सम्भव हुने धारणा व्यक्त गरे। कार्यक्रमको अन्त्यमा शान्ति पुनर्स्थापना गृहका तर्फबाट सहभागी अतिथि, साझेदार संस्था र सहयोगीहरूलाई धन्यवाद दिँदै आगामी वर्ष अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
ताजा समाचार
लोकप्रिय
ETC Media
news@sambegnews.com
+977 9858036370
ETC Media
news@sambegnews.com
+977 9858036370
ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९
प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९
हाम्रो टिम
पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd.
मोबाइल: +977 9858036370
इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved. |
Design and Developed by: Imagine Infotech

