संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर, बैशाख ३०
स्थानीय तहको सेवा सञ्चालन, गठन र सेवाका शर्तसम्बन्धी कानुन निर्माणको मागसहित आन्दोलनमा उत्रिएका कर्मचारीहरूको दबाबका कारण दोधारा चाँदनी नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बैशाख ३० गते (२०८२/०१/३०) देखि बन्द गरिएको छ।

सुदूरपश्चिम प्रदेश सभामा स्थानीय सेवा सम्बन्धी कानून विचाराधीन अवस्थामा रहेको र चाँडो पारित गराउन दबाब दिन कर्मचारीहरूले बैशाख १६ गतेदेखि आन्दोलन थालेका हुन्। यसैको प्रभावस्वरूप नगरपालिकाबाट प्रदान गरिँदै आएका नियमित सेवा बन्द गरिएको सूचना नगर कार्यपालिकाको कार्यालयले एक सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासनिक अधिकृत हरि दत्त जोशीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “यो कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरू मिति २०८२/०१/३० गतेबाट बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”

कर्मचारीको आन्दोलनले गर्दा सेवा लिन आउने सर्वसाधारण प्रभावित भएका छन्। यता कर्मचारीहरूले भने माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech