संवेग न्यूज
ट्रेण्डिङ

काठमाडौं, जेठ १८ – नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित २० जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार झापाको मेचीनगरबाट खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ परेका छन । मेचीनगर-६ बाट २ ग्राम २५० मिलिग्राम खैरो हेरोइनसहित ३२ वर्षीय विश्वनाथ राजवंशी पक्राउ परेका हुन भने सोही क्षेत्रबाट ४८ ग्राम ६० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ र नगद ८ हजार रुपैयाँसहित काठमाडौंका ३२ वर्षीय रोशन कार्कीलाई नियन्त्रणमा लिइएको छ ।

दाङको घोराही उपमहानगरपालिका-१४ बाट ट्रामाडोल २० ट्याब्लेट र नगद ६ हजार ६ सय रुपैयाँसहित २ जना पक्राउ परेका छन । रसुवाको उत्तरगया गाउँपालिका-२ बाट ट्रामाडोल १७ ट्याब्लेटसहित २४ वर्षीय दिनेश तामाङ पक्राउ परेका छन ।

मकवानपुरको हेटौंडा-१५ रातोमाटेबाट करिब ३४ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित तीन जना पक्राउ परेका छन । उनीहरू बोलेरो गाडीमा सवार अवस्थामा पक्राउ परेका थिए ।

सुनसरीमा लागूऔषध नियन्त्रण अभियानअन्तर्गत तीन फरक घटनामा तीन जना पक्राउ परेका छन । इटहरीबाट १ ग्राम ५४० मिलिग्राम ब्राउनसुगरसहित २९ वर्षीय अभिषेक चौधरी पक्राउ परेका छन । इनरुवाबाट ५ ग्राम ५५० मिलिग्राम ब्राउनसुगरसहित १७ वर्षीय किशोर पक्राउ परेका छन् भने इटहरी-११ बाट ट्रामाडोल ९८० ट्याब्लेट र डाइक्लोमाइन १ हजार १८० ट्याब्लेटसहित २० वर्षीय अभिषेक श्रेष्ठ पक्राउ परेका छन ।

पर्साको जिराभवानी गाउँपालिका-४ बाट नाइट्राजेपाम २६ ट्याब्लेटसहित २४ वर्षीय मन्दिप राउत कुर्मी पक्राउ परेका छन । सिराहाको सिरहा नगरपालिका-१५ बाट ३ ग्राम १४ मिलिग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन ।

जुम्लाको चन्दननाथ नगरपालिका-५ स्थित तिला नदी किनारबाट ब्राउनसुगरजस्तो पदार्थसहित चार जना पक्राउ परेका छन भने मोरङको पथरी शनिश्चरे नगरपालिका-६ बाट नाइट्राजेपाम २७ ट्याब्लेटसहित २१ वर्षीय लक्ष्मण चन्द्रवंशी पक्राउ परेका छन ।

त्यसैगरी कैलालीको कैलारी गाउँपालिका-३ बाट २ ग्राम २० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित २९ वर्षीय मिमुह चौधरी पक्राउ परेका छन । प्रहरीले सबै घटनामा बरामद लागूऔषध नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech