संवेग न्यूज
ट्रेण्डिङ

काठमाडौं, ४ चैत – पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताहरूले प्रधानमन्त्री सुशीला कार्की को प्रशंसा गरे पनि बालुवाटारमा भएको भेटघाटले देशको समसामयिक राजनीतिमा नयाँ बहस सुरु गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायतका नेताहरू सहभागी थिए । भेटमा प्रतिनिधिसभा निर्वाचन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन नेताहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन सबैको सहकार्य आवश्यक रहेको बताइन । उनले निर्वाचनमा सहभागी सबै दल तथा नेताहरूलाई धन्यवाद दिँदै परिणामलाई स्वीकार गरेर अघि बढ्न आग्रह गरिन ।

तर, विश्लेषकहरूले भने यो भेटलाई केवल औपचारिक धन्यवाद आदानप्रदानभन्दा बढी अर्थपूर्ण रूपमा हेरिरहेका छन । हालको राजनीतिक सन्तुलन, आगामी सत्ता समीकरण र नेतृत्वबीचको सम्बन्ध सुधारको संकेतका रूपमा पनि यसलाई व्याख्या गर्न थालिएको छ ।

प्रचण्डले निर्वाचन नभएको भए मुलुक गम्भीर संकटमा पर्न सक्ने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीको नेतृत्वलाई ‘निर्णायक’ भने । उनले आफ्नो पार्टी सुरुदेखि नै निर्वाचनको पक्षमा उभिएको दाबी दोहोर्याए ।

त्यस्तै, माधवकुमार नेपालले कार्की प्रधानमन्त्री बन्ने सम्भावनाले त्यतिबेला राजनीतिक वृत्तमा आशा जगाएको स्मरण गर्दै वर्तमान उपलब्धिलाई स्थायित्व दिन थप सहकार्य आवश्यक रहेको औंल्याए ।

यद्यपि, केही राजनीतिक वृत्तले भने नेताहरूको यस्तो प्रशंसालाई आगामी शक्ति बाँडफाँट र गठबन्धनको संकेतका रूपमा पनि हेरेका छन । निर्वाचनपछि देखिएको नयाँ शक्ति सन्तुलनले सरकार गठन र नीति निर्माणमा कस्तो प्रभाव पार्ने भन्ने प्रश्न अझै खुला नै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech