संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी, कञ्चनपुर — बाढी लगायत विभिन्न विपद्का घटनाहरूमा जोखिम मोलेर उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गरेका दोधारा चाँदनी नगरपालिका–१० का युवा नरेन्द्र बुढा सम्मानित भएका छन्।
नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत सशस्त्र प्रहरी बल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय, अत्तरिया कैलालीले बुढालाई प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरेको हो। विपद्का घटनाहरूमा खोज तथा उद्धार कार्यमा सक्रिय सहभागिता जनाई मानविय तथा भौतिक क्षति न्यूनिकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई कदर गरिएको जनाइएको छ।
दोधारा चाँदनी क्षेत्रमा आएको बाढीका क्रममा बस्तीहरू डुबानमा पर्दा सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न बुढाले अग्रपंक्तिमा रहेर काम गरेका थिए। उनले आफ्नो ज्यानको जोखिमसमेत बेवास्ता गर्दै बालबालिका तथा वृद्धवृद्धाको उद्धार गरेका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार, उनी बाढीले डुबेको बाटो हुँदै बालबालिकालाई काँधमा बोकेर सुरक्षित स्थानसम्म पुर्‍याइरहेका थिए।
उद्धार टोली घटनास्थलमा पुग्नुअघि नै उनले आफ्नो टोल र आसपासका धेरै व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारिसकेका थिए। उनी स्वयं पनि बाढीबाट प्रभावित भए तापनि व्यक्तिगत समस्याभन्दा माथि उठेर दिनरात नभनी उद्धार कार्यमा खटिएका थिए।
बाढी मात्र नभई आगलागी लगायत अन्य विपद्जन्य घटनाहरूमा समेत उनको सक्रियता उल्लेखनीय रहँदै आएको छ। “जहाँ समस्या, त्यहाँ नरेन्द्र बुढा” भन्ने रूपमा परिचित उनले समुदायमा सेवाभाव र साहसको उदाहरण प्रस्तुत गरेका छन्।
सशस्त्र प्रहरी बलले आफ्नो २५औँ स्थापना दिवस २०८२ को अवसरमा उक्त सम्मान प्रदान गरेको हो। यस सम्मानले बुढाको योगदानलाई औपचारिक मान्यता दिएको मात्र नभई समाजका लागि प्रेरणादायी सन्देशसमेत प्रवाह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech