संवेग न्यूज
ट्रेण्डिङ

बिकाश पौडेल- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ बुद्धनगरमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

दोधारा चाँदनी–७ कञ्चनभोज निवासी २६ वर्षीय सोनु सुनारले चलाएको भारतीय नम्बरको मोटरसाइकल (UK06A 06463) र दोधारा चाँदनी–८ निवासी २५ वर्षीय राम कुमार खड्काले चलाएको स्कुटी (UK06AE 2967) एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटीमा सवार दोधारा चाँदनी–८ निवासी १८ वर्षीय अबिसेक सुनार घाइते भएका छन्। उनको टाउको र खुट्टामा चोट लागेको बताइएको छ। साथै स्कुटी चालक राम कुमार खड्का पनि घाइते भएका छन्।

दुवै घाइतेको उपचार दोधारा चाँदनी नगर अस्पतालमा भइरहेको छ। मोटरसाइकल चालक सोनु सुनार भने सामान्य रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech